झापा। कचनकवल गाउँपालिकामा–५ मा तीनजना किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन्।
एउटै रुखमा झुन्डिएको अवस्थामा फेला पर्नेमा कचनकवल–५ निवासी पंचम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र बिरबल गणेशकी १६ वर्षीया छोरी कल्पना रहेकी छन्।
उनीहरु कचनकवल गाउँपालिका–५ स्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको बयरको रुखमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी वसन्त पाठकले जानकारी दिए।
किशोरी चिया बगानमा काम गर्ने उनीहरू तीनैजना शनिबार दिउँसोदेखि घरबाट बेपत्ता भएका थिए। उनीहरु आइतबार बिहान झुन्डिएको अवस्थामा फेला परेका हुन्।
डिएसपी पाठकका अनुसार दुई जना एउटै हाँगामा र अर्की अर्को हाँगामा झुन्डिएको अनस्थामा फेला परेका हुन्। एक जनाले गाई बाँध्ने दाम्लो, अर्कीले प्लाष्टिकको डोरी र अर्कीले गम्छा प्रयोग गरेका छन्।
घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।