काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले भदौ महिनामा उपत्यकाकेन्द्रित जनसंर्घषका कार्यक्रम सञ्चालन गर्ने भएको छ।
पार्टीको शनिबार सम्पन्न केन्द्रीय कार्य समितिको बैठकले साउन महिनाभित्र राष्ट्रव्यापी विरोध कार्यक्रम सम्पन्न भएपछि भदौमा जनसंघर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । राप्रपाको किहीबार सुरु भएको केन्द्रीय कार्य समितिको बैठक शनिबार सम्पन्न भएको छ।
काठमाडौंको धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको बैठकले राष्ट्रियता, प्रजातन्त्रको रक्षा, भ्रष्टाचारको अन्त्य, संवैधानिक राजसंस्था र वैदिक सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र पुनस्थापनालगायत विषयमा आन्दोलन सञ्चालन गर्ने निर्णय गरेको छ ।
साउन महिनाभित्र राष्ट्रिय व्यापी रूपमा विरोध कार्यक्रम सम्पन्न गरी भदौमा उपत्यका केन्द्रित जनसंघरेषका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।
बैठकले गत स्थानीय तह निर्वाचनमा सरकार निष्पक्ष नरहेको भन्दै आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र विश्वसनीय रूपमा सम्पन्न गर्न माग गरेको छ।