काठमाडौं । कालिकोटको खाँडाचक्र नगरपालिकाका मेयर कमलबहादुर शाही नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् ।
उनलाई बिहीबार पार्टी अध्यक्ष माधवकुमार नेपालले स्वागत गरेका हुन् ।उनी गत स्थानीय तह निर्वाचनमा एकीकृत समाजवादी र माओवादी केन्द्रको समर्थनमा निर्वाचित भएका थिए ।