स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकामा घरायसी विवादमा झगडा हुँदा ४५ वर्षीय श्यामबहादुर रोकाको मृत्यु भएको छ ।
बुधबार दिउँसो पिँढीमा गफ गरेर बसेका भीरकोट–३ रिजुका श्याम र ५० वर्षीय यामबहादुर रोकाबीच एक्कासी विवादले झगडाको रुप लिएको थियो ।
त्यसक्रममा यामले धकेल्दा आँगनमा खसेका श्यामको मृत्यु भएको स्याङ्जा प्रहरीका प्रवक्ता डीएसपी रवीन्द्र खनालले जानकारी दिए । घाइते श्यामलाई उपचारका लागि कालिका सामुदायिक अस्पताल हेलुमा लगिएको थियो ।
उनलाई चिकित्सकले मृत घोषण गरेको प्रहरीले जनाएको छ । उनीहरु छिमेकी दाजुभाइ हुन् ।डीएसपी खनालका अनुसार विवाद र घटनाबारे अनुसन्धान भइरहेको बताए ।