काठमाडौँ । आज (बुधवार) राष्ट्रिय सभा बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने तय भएको संसद सचिवालयले जनाएको छ ।आजको बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विधेयक २०७६ माथि छलफल गर्ने सम्भावित कार्यसूची रहेको छ ।
आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विधेयक, २०७६ माथिको दफावार छलफल सदनमा गरियोस्’, भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यस्तै सो विधेयक पारित गराउने प्रस्ताव पनि मन्त्री पौडेलले गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसदको सचिवालयले गरेको छ ।