काठमाडौँ । वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।
मंगलबार पार्टी दर्ताका लागि निवेदन दिएको अभियानका प्रवक्ता निमकान्त पाण्डेले जानकारी दिए । पाण्डेले आवश्यक कागजपत्र र केन्द्रीय सदस्यहरुको हस्ताक्षरसहित निवेदन दिएको बताए ।