काठमाडौँ । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले कांग्रेससँगको गठबन्धन त्यागेर एकतामा आउन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई आग्रह गरेका छन् ।
मंगलबार अनेरास्ववियू केन्द्रीय कमिटी शैक्षिक विभागले आयोजना गरेको राष्ट्रको समृद्धिको लागि दक्ष जनशक्तिको निर्माण तथा परिचालन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै एमाले सचिव भट्टराईले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई एकतामा आउन आग्रह गरेका हुन् । तत्कालीन नेकपाका नेताहरू एक ठाउँमा आउनुको विकल्प नभएको भट्टराईको भनाइ छ ।
विगतको डेढ वर्षलाई इतिहासको कालो वर्षका रूपमा छोडिदिएर बिर्सिनुपर्ने उनको भनाइ छ । विगतको कुरा गरेर अगाडि बढ्न नसकिने भन्दै अगाडि जाने बारेमा मात्रै सोच्नुपर्ने उनले बताए ।