काठमाडौं। जोरपाटीमा सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा लेदो माटो र पानीसहितको फोहोरा निस्किएको छ।
मंगलबार बिहान बोरिङ खन्ने क्रममा लेदो माटो र पानीसहितको फोहोरा निस्किएको प्रहरी वृत्त बौद्धले जनाएको छ। लेदो माटो र पानीसहितको फोहोरा करिब ५० मिटर माथिसम्म पुगेको छ।
प्रहरीका अनुसार अहिले पनि फोहोरा निरन्तर र यसबारे अध्ययन गर्न खानी विभागका अधिकारीहरुलाई बोलाइएको छ।
माटो र बालुवाको लेदो आकाशतर्फ उड्दा वरपरका घरहरु हिलो र लेदो भरिएका छन्।
प्रहरीले सम्भावित दुर्घटनालाई मध्यनजर गर्दे यस क्षेत्र वरिपरि आगो नबाल्न आग्रह गरेको छ।