कञ्चनपुर । कञ्चनपुरको बेलडाँडीको टोकाइबाट एक जना महिलाको मृत्यु भएको छ। बेलडाँडी गाउँपालिका वडा नम्बर २ बस्ने ६५ वर्षीया कमलादेवी महर बिष्टको सर्प दंशबाट मृत्यु भएको पारिवारिक श्रोतलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए ।
घरमा सुतिरहेको अवस्थामा गए राति १ः३० बजेतिर सर्पको टोकाइबाट गम्भीर घाइते बिष्टको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।