काठमाडौँ । सशस्त्र प्रहरी उपरीक्षक पदबाट वरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकरर भएका होम ज्ञवालीलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।महानिरीक्षक अर्यालले ज्ञवालीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि दिएका छन् ।
साथै उनले संगठनमा खाली रहेका विभिन्न समूहका सबै पदहरुमा तत्कालै बढुवा गर्ने गरी संगठन नेपाल सरकार गृह मन्त्रालयसँग समन्वयका साथ अगाडी बढिरहेको समेत जानकारी दिए ।
दर्ज्यानी चिन्ह प्रदान गर्ने समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम सहित सशस्त्र प्रहरी बलका अधिकृतहरु सहभागी थिए ।