धनगढी । कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दीपेन्द्र बुढा ३० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन् ।
जिन्सी शाखा प्रमुखको रुपमा कार्यरत बुढालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले पक्राउ गरेको हो ।
बीउबिजनका सामग्रीको रकम भुक्तानीवाफत उनले घुसले लिएको अख्तियारले जनाएको छ । घोडाघोडी नगरपालिकाको सुखडस्थित नवरत्न होटलमा घुस मागेको सूचनाको आधारमा उनलाई घुस रकमसहित पक्राउ गरेको अख्तियारले जनाएको छ ।