धनगढी। धनगढी नगरविकास समितिका अध्यक्ष र सदस्य सचिवले पाउने मासिक भत्ता खारिज गरिएको छ। नगरविकास समितिको बैठकमा अध्यक्षले पाउने मासिक १५ हजार र सदस्य सचिवले पाउने मासिक ६ हजार भत्ता खारिज गरिएको हो।
नगर विकास समितिका अध्यक्ष गोपाल हमालका अनुसार नगर विकासको रकम कर्मचारी तलव, भत्तामा खर्च हुँदै आएकोमा वृक्षारोपण, फोहोरमैला व्यवस्थापन र अतिक्रमण खाली गर्नमा प्रयोग गर्न निर्णय पनि भएको छ। बिहिवार बसेको समितिको बैठकले नगर विकासको कार्यालयसमेत सार्ने निर्णय गरिएको छ।