काठमाडौं। प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन प्रक्रिया सुरु भएको छ।
उपसभामुख पदका लागि सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार पुष्पा भुसाल र एमालेकी विद्या भट्टराई उम्मेदवार छन्।
अहिले उपसभामुख चयनका लागि मतदान भइरहेको छ।
उपसभामुख निर्वाचनमा लोसपाले गठबन्धन र राप्रपाले एमालेलाई समर्थन गर्दा नेपाल मजदुर किसान पार्टीले भने कसैलाई समर्थन नगर्ने भएको छ।