काठमाडौं। अनेरास्ववियू क्रान्तिकारीका केन्द्रीय सदस्य मिन बाब्ली मिलनले आरन उद्योग सञ्चालन गरेका छन्।
उनले अछामको साँफेबगर नगरपालिकाको छिपेखोलामा बाब्लीले आधुनिक आरन उद्योग सञ्चालन गरेका हुन्।
उनले परम्परागत पेसालाइ आधुनिकिकरण गरेर आरन उद्योग सञ्चालन गरेको बताएका छन्।
उनले भनेका छन्, ‘सानो प्रयास, जुन कर्म र पेसाले युगसंग लड्न सिकायो मलाई मेरो पेसाप्रति बहुत गर्व लाग्छ र यस परमपरागत पेसालाइ आधुनिकिकरण गरेर संञ्चालन गर्ने चेष्टा गरियो।’
माओवादी केन्द्रको विद्याथी संगठन अनेरास्ववियू क्रान्तिकारीका केन्द्रीय सदस्य रहेका बाब्ली साहित्य क्षेत्रका विभिन्न संघसंस्थामा समेत सक्रिय छन्।