काठमाडौँ । आज (शुक्रवार) बिहानैदेखि देशभर आंशिक देखि सामान्यता बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले शुक्रवार एक बुलेटिन जारी गर्दै मौसमको अवस्थाबारे जानकारी गराएको हो । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको विभागले जनाएको छ ।आज दिउँसो तथा राति देशभर आंशिकदेखि सामान्यता बदली रहने विभागको अनुमान रहेको छ ।
विभागले दिउँसो देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन,चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
शुक्रवार राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्यता बदली रही बाँकी भूभागमा आंशिकदेखि मौसम सामान्यता सफा रहने विभागले जनाएको छ । यस्तै प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।