दार्चुला । नेपाल–भारत सीमामा रहेको धौलीगंगा बाँध भोलि खोलिने भएको छ । भारतको उत्तराखण्डस्थित धार्चुला नजिक रहेको धौलीगंगा पावर स्टेशनमा सरसफाइ गरिने भएकाले बाँध खोल्ने जनाइएकोे छ ।
बाँधका ढोका खोलिने भन्दै दार्चुला प्रशासनले महाकाली किनारका बस्तीमा सतर्कता अपनाउन समेत आग्रह गरेको छ । विहान ५ बजेदेखि बेलुका ८ बजेसम्म सरसफाइ गरिने जनाइएको छ ।
