काठमाडौँ । भृकुटीमण्डप स्थित समाज कल्याण परिषद्को स्टोरमा बुधबार लागेको आगो विहीबार फेरी सुरु भएको छ ।बिहीबार विहानै देखि धुवाँ निस्किएपछि प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए ।
बाँकी रहेको आगोबाट थप आगो सल्किएको तर ठुलो क्षति नभएको राठौरले जानकारी दिए । बिहान ६ः३० बजे तिर आगो सल्केको ठाउँबाट धुवाँ देखिएको थियो ।
हालको अवस्थामा नेपाल प्रहरी र सशस्त्र प्रहरी उक्त घटना स्थलमा आई सोहि स्थानमा परिचालन गरिएको छ ।आगो निभाउन काठमाडौं महानगरपालिकाको एउटा दमकल र एउटा पानी ट्याक्टर प्रयोग भई रहेको छ ।