काठमाडौँ । काठमाडौंको भीमढुंगामा चितुवाको आक्रमणबाट पाँच जना घाइते भएका छन् । गएराति १ बजे नागार्जुन नगरपालिका–८ स्थित भिमढुङ्गा हर्सनखोलाका पन्च कुमार भट्टराईको घरमा पुगेको जङ्गली चितुवाले आक्रमण गरेको हो ।
चितुवाको आक्रमणबाट पन्च कुमार भट्टराईको घरका ५ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । पाँचै जनाको शरीरको बिभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।