काठमाडौँ । एमाले निकट राष्ट्रिय युवा संघ नेपालले सरकारविरुद्ध मसाल जुलस प्रदर्शन गरेको छ । हतियार खरिदको विरोध गर्दै संघका नेता कार्यकर्ताहरुले मंगलबार बानेश्वरमा मसाल जुलुस प्रदर्शन गरेका हुन् ।
किसानलाई सहजरुपमा मल उपलब्ध गराउन र हतियार खरिद प्रक्रिया रोक्नुपर्ने माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन्। नेपालमा बढ्दै गएको महँगी र जनसबालका मागहरु राख्दै युवा संघले प्रदर्शन गर्दै आएको छ ।