भक्तपुर। चाँगुनारायण नगरपालिका–६ का अध्यक्ष धनबहादुर लामाले सडकमै वडा कार्यालय सञ्चालन गरेका छन्।उनले सडकबाटै वडा कार्यालयबाट दिइने सेवा दिएका हुन्।
विगत नौ वर्षदेखि भक्तपुर–नगरकोट सडक निर्माण नभएको विरोधमा वडाध्यक्ष लामाले सडकबाटै वडा कार्यालयबाट दिइने सेवा दिएका हुन्।
उनले सडक अलपत्र पार्ने ठेकेदारलाई कारबाही गरि सडक निर्माण गर्न माग गरेका छन्।
