धनगढी । लामो दौडका क्रममा बेहोस भएका प्रशिक्षार्थी प्रहरी जवानको मृत्यु भएको छ ।अछामको मेल्लेख गाउँपालिका ६ झाडिगाउँका २१ वर्षीय भरत बोहराको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
असार २२ गते दिपायलस्थित प्रहरी तालिम केन्द्रमा १० किलोमिटरको दौडका क्रममा उनी बेहोस भएका थिए । उनको धेरै बेरसम्म होस नआएपछि हेलिकोप्टर मार्फत कोहलपुर रेफर गरिएको थियो ।
प्रहरीका अनुसार कोहलपुरस्थित शिक्षण असपतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । मृत्युको कारण भने खुलेको छैन ।