राष्ट्रपति गोटावाया राजापाक्षेले निवास छाडेर भागेपछि श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिँघेले पनि राजीनामा दिने तयारी गरेका छन् ।
आज भएको सर्वदलीय बैठकमा उनले देशको समस्या समाधानको लागि आफूले राजीनामा दिएर संयुक्त सरकार बनाउन तयार रहेको समाचार संस्था एएफपीले जनाएको छ ।
राष्ट्रपति राजापाक्षेको निवास प्रदर्शनकारीले कब्जा गरेपछि प्रधानमन्त्री विक्रमासिँघेले सर्वदलीय बैठक बोलाएका थिए।
बैठकमा विपक्षी समागी जन बालवेगया (एसजेबी)ले राष्ट्रपति र प्रधानमन्त्रीले तत्कालै राजीनामा दिनुपर्ने, सभामुखले बढीमा ३० दिनसम्म अस्थायी राष्ट्रपतिको रुपमा काम गर्ने, सर्वदलीय सरकार गठन गर्ने र चाँडै चुनाव गराउने माग गरेका थिए ।