तनहुँ । पृथ्वीराजमार्ग तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित तुरतुरेमा पहिरो खस्दा जामुने–खैरेनी सडक अवरुद्ध भएको छ।
शुक्रबार रातिदेखि परेको वर्षाले शनिवार बिहान पहिरो खसेपछिसडक अवरुद्ध भएको हो। प्रहरी नायब उपरीक्षक युवराज खड्काले सडक माथिबाट पहिरो खसेपछि सडक दुईतर्फी रूपमा अवरुद्ध भएको बताए।
सडक डिभिजन कार्यालयको समन्वयमा पहिरो हटाउने कार्य जारी रहेको उनले जानकारी दिए।