भारतको जम्मू–कश्मीरस्थित अमरनाथ यात्रामा गएका तीर्थयात्री बाढीमा परेका छन् ।भारतीय सञ्चारमाध्यमका अनुसार बाढीमा परेर १५ जनाको मृत्यु भएको छ, ४५ जना घाइते भएका छन् भने ३५ जना बेपत्ता भएका छन् ।
भारतीय सेनाको नेतृत्वमा एनडीआरएफ, एसडीआरएफ र आईटीबीपीको टोली उद्धार र राहतमा खटिएको छ ।जम्मू–कश्मीरका उपराज्यपाल मनोज सिन्हाले विपद्माथि निगरानी राख्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई घटनाबारे जानकारी दिएका छन् ।