काठमाडौँ । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा नेपाल सरकारले शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
आबेको गोली प्रहार गरी हत्या भएकोमा उक्त निन्दनीय कार्यको सरकारले घोर भर्त्सना समेत गरेको छ।जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको शुक्रबार हत्या भएको हो। स्थानीय समयअनुसार बिहान साढे ११ बजेतिर दक्षिणपश्चिम जापानको नारा सहरमा आबेमाथि गोली हानिएको थियो।
आइतबार हुने माथिल्लो सदनको चुनावमा आबेको लिबरल डेमोक्र्याटिक पार्टीका एक उम्मेदवारको पक्षमा भाषण गरिरहेका आबेमाथि गोली हानिएको थियो।