काठमाडौं । उच्च अदालत तुल्सीपुरकी न्यायाधीश रेणुका शाह बर्खास्त भएकी छन्। न्यायपरिषद्को बैठकले शाहलाई बर्खास्त गर्ने निर्णय गरेको परिषद्का सदस्य एवम् कानुनमन्त्री गोविन्द शर्मा कोइरालाले जानकारी दिए।
उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा कार्यरत शाहलाई न्यायपरिषद्को शुक्रबार बसेको बैठकले बर्खास्त गर्ने निर्णय गरेको हो।
योग्यता नै नपुगेकी उनी शक्तिको आडमा न्यायाधीशमा नियुक्त भएको थिइन्। उनी पूर्व प्रधानन्यायाधीश रामकुमार प्रसाद शाहकी छोरी हुन्। लामो समय सीटीइभिटीमा कार्यरत रहेकी उनी पहुँचकै आधारमा न्यायाधीश भएकी थिइन्।