सिन्धुपाल्चोक । विश्वकै सबैभन्दा अग्लो शिखर सगरमाथा चड्ने पहिलो कान्छो आरोही शम्भु तामाङको निधन भएको छ ।
सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका स्थायी घर भएका आरोही तामाङ लामो समयदेखि क्यान्सर पीडित थिए । तामाङको बिहीबार निधन भएको परिवार स्रोतले जनाएको छ ।
उनले सन् १९७३ मे ५ मा सगरमाथाको आरोहण गरेका थिए । त्यसबेला उनको उमेर १७ वर्ष ६ महिना १५ दिन रहेको थियो ।
सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गरेर उनले नाम गिनिजबुकमा लेखेका थिए । तामाङका श्रीमती, एक छोरा र एक छोरी छन् ।