काठमाडौं। चन्द्रागिरिको केबलकारमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना अड्किएका छन्।
तिमल्सिना विद्युत आपूर्तिले केबलकार रोकिँदा बीचमै अड्किएका हुन्। उनी चन्द्रागिरी डाँडामा जाँदै थिए।
उनी बुधबार पारिवारिक घुमघामका लागि चन्द्रागिरि पुगेका थिए।
राष्ट्रिय सभा अध्यक्ष चढेको केबलकार केही मिनेट अड्किएको हो। अहिले उनी माथि पुगिसकेका छन्।