काठमाडौँ । रामेछापबाट काठमाडौं आउँदै गरेको बस आज बिहान दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।
रामेछापको हिलेदेवीबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस आज बिहान लुभुघाट भन्ने स्थानमा दुर्घटना भएको हो ।
दुर्घटनामा ५ पुरुष र ४ महिलाको घटनास्थलमै मृत्यु भएको घटनास्थलमा उद्धार कार्यमा सक्रिय सुनापती गाउँपालिकाकी उपाध्यक्ष गिता विष्ट चौलागाईंले जानकारी दिइन् ।
उनका अनुसार २१ जना घाइतेलाई गाडीमा राखेर काभ्रेको धुलिखेल अस्पतालमा पठाइएको छ । गम्भीर घाइते ३ जनालाई भने हेलिकोप्टरबाट काठमाडौं पठाइएको उनले जानकारी दिइन् ।