काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले स्थानिय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै प्रदेश सांसदसहित २ जनालाई निष्कासन गरेको छ ।
जिल्ला कार्यसम्पादन समिति महोत्तरीले प्रदेश सांसद कौशलकुमार यादव र संघीय शिक्षक फोरम महोत्तरीका अध्यक्ष कौशलकुमार यादवलाई साधारण सदस्यतसमेत नहुने गरी निष्कासन गरेको हो ।
महोत्तरी–४ (क)बाट प्रदेश सांसद रहेका यादवले स्थानिय तहको निर्वाचनमा आफनै पार्टीका उम्मेदवारहरूलाई हराउन लागेको तथा विपक्षी दलका नेताहरूलाई सहयोग गरेको आरोप लाग्दै आएको बेला उनलाई निष्कासन गरेको हो ।