काठमाडौँ । पछिल्लो समय नेपालमा कोरोना भाइरस (काभिड–१९) का संक्रमितको सङ्ख्या बढ्दै जाँदा ओमिक्रोन भेरियन्टको उपप्रजाति बीए फाइभ पुष्टि भएको छ ।
धुलिखेल अस्पतालमा अनुवांशिक परीक्षण गर्दा ओमिक्रानको भेरियन्टको उपप्रजाति बीए फाइभ पुष्टि भएको अस्पतालले जनाएको छ ।
यता राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.रुणा झाले संक्रमितहरुको अनुविंशक परीक्षणलाई जारी राख्ने बताइन् । उता स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले हालसम्म संक्रमितहरुको जिन सिक्वेन्सिङ गर्दा ओमिक्रोनको उपप्रजाति बीए फाइभ पुष्टि भएको जनाकारी नपाएको बताए ।