सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको गुम्थाङ, धाप, नकोटेलगायत धेरै स्थानमा भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
मेलम्ची नदी नकोटेको बाढीमापन केन्द्रमा जलसतह हिजो साँझ भन्दा १.५ मिटरले बढेको महाशाखाको भनाइ छ ।
महाशाखाले मेलम्चीको तटिय क्षेत्रमा आकस्मिक बाढी हुनुका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने बताएको छ । विहान १० बजेसम्म अति उच्च सतर्कता अपनाउन चेतावनी समेत दिएको छ ।