काठमाडौँ । सम्पूर्ण वायु सेवा सहित सञ्चालनमा रहेको क्षेत्रीय वायु सेवा कम्पनी थाइ स्माइल एयरवेजले काठमाडौं देखि बैङ्ककसम्मको हवाई उडान सेवा सुचारु गरेको छ ।
असार १७ देखि काठमाडौं–बैङ्कक दुईतर्फी हवाई सेवा प्रारम्भ भएको हो । सोही मिति देखि दैनिक रुपमा काठमाडौँं–बैङ्कक हवाई सेवा सञ्चालन गर्ने थाइ स्माइल एयरवेजको योजना रहेको छ ।
यस रुटको लागि तोकिएको एयरबस–३२० माइको नोमी क्लासमा १५० र प्रिमियम इकोनमी क्लासमा १२ सिट गरी जम्मा १६२ सिटको क्षमता रहेको छ, जसमा अन–बोर्ड मिल सर्भिस विमान भित्रै खानाको सुविधा पनि रहेको छ ।
थाइ स्माइलले थाइल्यान्डको फुकेट र पटाया लगायत अन्य सम्पूर्ण आन्तरिक विमान स्थलहरूमा उडान भर्छ भने थाइ एयरवेज इन्टरन्यासनलले अष्ट्रेलिया, जापान र क्वालालम्पुर जस्ता अन्तर्राष्ट्रिय गन्तव्यहरूमा सेवा प्रदान गर्दछ ।
आरआर ग्रुप अफ कम्पनी अन्तर्गतको एक संस्था सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसले थाइ स्माइल एयरवेजका लागि बिक्री, मार्केटिङ र एयरपोर्ट सञ्चालन सेवाको साथै सम्पूर्ण ग्राहक र एजेन्सी सपोर्ट सेवाहरू प्रदान गर्दै आइरहेको छ ।