काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा वाग्लेलाई राजदूत नियुक्त गरेकी हुन्। नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जनाएका छन्।
उनी परराष्ट्र मन्त्रालयका कार्यरत थिए। परराष्ट्रको दक्षिणएशिया महाशाखा प्रमुख वाग्लेलाई राजदूत नियुक्त गर्नका लागि मन्त्रिपरिषद्ले सिफारिश गरेको थियो।