काठमाडौं। ललितपुरको फर्सिडोलमा धान रोप्ने क्रममा आफूमाथि दुर्व्यवहार भएको भन्दै रेस्लर अस्मिता जुरेलीले प्रहरीमा जाहेरी दिएकी छन्।
असार १५ मा युवासंघले आयोजना गरेको धान दिवसमा युवासंघका केन्द्रीय सदस्य हिकमत बोहरा उर्फ हिलारीले आफूलाई दुर्व्यवहार गरेको जुरेलीको आरोप छ।
ललितपुरका एसपी सिद्धिविक्रम शाहले हिलारीविरुद्ध उजुरी परेको र अध्ययनपछि अनुसन्धान शुरू गरिने बताए।