काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
यही असार २७/२८ वीरञ्जमा बैठक बोलाइएको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।
अध्यक्ष उपेन्द्र यादवसँगको पछिल्लो वार्तामा सहमतिका आधारमा छुट्टिने र बाबुराम पक्षमा लागेका सांसदलाई कारबाही नगर्ने समझदारी भएको छ ।
महन्थ निस्किएको ९ महिनापछि बाबुराम पनि जसपाबाट बहिर्गमन हुने निश्चित भएसँगै जसपाले केन्द्रीय कमिटी बैठक बोलाएको हो ।बाबुरामको पक्षमा जाने सांसदलाई कुनै कारबाही नगरिने उपेन्द्रले बताएका छन् ।