काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अमेरिका जाने भएका छन् । महामन्त्री शर्मा गैरआवासीय नेपाली महासंघ (एनआरएनए) अमेरिकाको निमन्त्रणमा अमेरिका जान लागेका हुन् ।
उनी शुक्रबार राति अमेरिकातर्फ प्रस्थान गर्ने तय भएको छ ।उनले आफू एनआरएनएको ‘जेनेरल कन्भेन्सनका’ लागि भोलि (शुक्रबार)अमेरिका जान लागेको जानकारी दिए ।
“एनआरएनए अमेरिकाको वार्षिक सम्मेलनका लागि भोली त्यसतर्फ प्रस्थान गर्न लागेको हुँ,” उनले भने । उनी ६ दिनका लागि अमेरिका जान लागेका हुन् ।