काठमाडौं । एक साताअघि काठमाडौं उपत्यकामा देखिएको हैजाको संक्रमण फैलिँदो क्रममा रहेको छ। बुधबार थप दुई जनामा हैजाको संक्रमण पुष्टि भएको छ। योसँगै हालसम्म उपत्यकाका १४ जनामा हैजा देखिएको हो।
हैजाका दुई बिरामीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य रहेको छ। हैजाका पहिलो बिरामीको अवस्था अत्यन्त जटिल देखिएपछि सघन उपचार कक्ष ९आइसियू०मा राखेर उपचार गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले आरडीटी र ह्याङ्गिङ ड्रप विधिबाट परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइन्।
उनका अनुसार ललितपुरमा संकलन गरिएको १८ वटा नमुनामध्ये १२ वटामा हैजा फैलाउने इकालाइ जिवाणु भेटिएको छ। हैजाबाट बच्न पानी उमालेर मात्र खान र ताजा खानेकुरा खान स्वास्थ्य मन्त्रालयले सबैलाई आग्रह गरेको छ।