काठमाडौं। लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले राजीनामा दिएकी छन्।
उनले मुख्यमन्त्री कुलप्रसाद केसीसमक्ष राजीनामा दिएकी हुन्। उनले असार १२ गते नेै खत्रीले राजीनामा दिएको र आज मुख्यमन्त्री केसीले सदनलाई जानकारी दिने बताइएको छ।
वलीले असार १ गते तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ स्थित ‘प्रेमी’ भनिने वाइसिएल कार्यकता एकराज बस्तेतको घरमा प्रवेश गरी उनकी पत्नी मीना भण्डारी र छोरीलाई कुटपिट गरी तोडफोडमा उत्रिएकी थिइन्। त्यसपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो।
त्यसबारे छानबिन गर्न सरकारले समिति समेत गठन गरेको थियो। आज छानबिन समितिले प्रतिवेदन सार्वजकि गर्ने तयारी गरेको छ। स्रोतका अनुसार छानबिन प्रतिवेदनमा उनको कमजोरी भेटिएपछि राजीनामा गर्न लगाइएको हो।
उनी नेकपा माओवादी केन्द्रबाट सांसद बनेकी थिइन्। उनी दाङको क्षेत्र नम्बर ३ (ख) बाट प्रदेश सभा सदस्य निर्वाचित भएकी थिइन्।
०७४ मा यो क्षेत्रबाट नेकपा एमालेका उत्तरकुमार वली निर्वाचित भएका थिए। उनको निधनपछि उपनिर्वाचन गर्दा उनकी पत्नी बिमला यहाँबाट निर्वाचित भएकी हुन्। तत्कालीन नेकपा विघटन भई नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुनः अस्तित्वमा आएपछि बिमलाले माओवादी पार्टी रोजेकी थिइन्।