काठमाडौँ । विनियोजन विधेयक संघीय संसद्, राष्ट्रिय सभाबाट पनि पारित भएको छ। राष्ट्रिय सभाको सोमबारको बैठकले विनियोजन विधेयक, २०७९ (बजेट)लाई बहुमतले पारित गरेको हो।
प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको विनियोजन विधेयकमा सांसदहरूले छलफल गरेका थिए।
मन्त्रालयगत विनियोजनमाथि सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिएपछि सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गरेका थिए।
प्रतिनिधिसभाले असार २ गते विनियोजन विधेयक पारित गरेर राष्ट्रिय सभामा पठाएको थियो ।