काठमाडौँ । नव नियुक्त मन्त्रीहरूको शपथ ग्रहण आज हुने भएको छ । राष्ट्रपति कार्यालयका अनुसार नव नियुक्त मन्त्रीहरूको शपथ आज बिहान ११ बजे गराउने तयारी छ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ मन्त्री नियुक्त गरेकी थिइन् ।
आइतबार एकीकृत समाजवादीका जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, मेटमणि चौधरीलाई शहरी विकास, भवानीप्रसाद खापुङलाई बढुवा गर्दै स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरिएको हो ।