काठमाडौँ । सबैभन्दा कम उमेरमा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरी विश्व कीर्तिमान कायम गरेका शम्भु तामाङको स्वास्थ्यअवस्थाका बारेमा राजनीतिक नेतृत्वले चासो लिएको छ ।
उनि यतिबेला क्यान्सर रोगसँग लडिरहेका छन् ।लिसङ्खुपाखर गाउँपालिका–२, सिन्धुपाल्चोक स्थायी घर भई हाल काठमाडौँ महाराजगञ्ज निवासी तामाङले सन् १९७३ मे ५ तारिखका दिन सगरमाथाको सफल आरोहण गरेका थिए ।
सगरमाथाको शिखर चुम्दा तामाङ मात्रै १७ वर्ष ६ महिना १५ दिनका थिए । सबैभन्दा कम उमेरमा सगरमाथाको आरोहण गरेर गिनिज बुकमा नाम लेखाउन सफल तामाङको स्वास्थ्योपचारमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले चासो व्यक्त गरे ।
आज बिहान ललितपुर हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल पुुगी तामाङको स्वास्थ्यस्थितिबारे अध्यक्ष दाहालले जानकारी लिएका हुन् । तामाङ विगत लामो समयदेखि क्यान्सर रोगको उपचारका क्रममा अस्पतालमा छन् ।