काठमाडौँ । राजधानी काठमाडौँ उपत्यकाको नदी सभ्यताको स्रोतका रूपमा रहेको वाग्मती सफाइ महाअभियानले ४७६औँ हप्ता पूरा गरेको छ ।
विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियानको ४७६ औँ हप्ताको अभियानका क्रममा आज तीनकुनेस्थित वाग्मती पुल बुद्ध शान्ति विहारअघि सफाइ गरिएको छ । सफाइबाट साढे दुई टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए।
सफाइमा पूर्व मुख्यसचिव एवं प्रमुख अभियानकर्मी लीलामणि पौड्याल, अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, नेपाली सेना कालीदल गणको सक्रियता रहेको उनले बताए