धनगढी । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब कुनै पनि पार्टीसित एकता नगरिने बताएका छन् ।
राप्रपाबाट छुट्टिएर अलग दलको संगठन विस्तारमा रहेका उनले अरूसँग एकता गर्दा विचार, सिद्धान्तमा विकृति र विसंगति बढ्ने भन्दै अब कसैसँग पार्टी एकता नहुने बताए ।
शनिबार कैलालीको धनगढीमा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले पार्टीभित्रको गलत वैचारिक प्रवृत्ति, विकृति र विसंगति समाधानको प्रयास गर्न खोज्दा सुझाव नमानेपछि अलग दल स्थापना गरेको जिकिर गरे ।