काठमाडौं । काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ।
आइतबार महानगरपालिकाले राष्ट्रिय सभा गृहमा सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम बुधबार सर्वसम्मतले पारित भएको महानगरपालिकाका सूचना अधिकारी बसन्त अधिकारीले जानकारी दिए।
काठमाडौं महानगरका मेयर बालेन शाहले काठमाडौंको संस्कृति र सम्पदा संरक्षणलाई विशेष प्राथमिकता दिँदै नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए।