काठमाडौं । नेपाल वायुसेवा सञ्चालक संघले आजदेखि गर्ने भनेको हवाई सेवा बन्दको निर्णय फिर्ता लिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणसंगको छलफल पछि संघ आन्दोलनको कार्यक्रम फिर्ता लिन सहमत भएको हो।
वार्ताबाटै समस्या समाधान गर्ने सहमति भएका कारण बुधबार उडान बन्द नहुने संघका प्रवक्ता योगराज कँडेलले बताए।