काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले कुनै पनि हवाई उडान स्थगित नगर्न निर्देशन जारी गरेको छ। प्राधिकरणले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै हवाई सेवा निर्वाध सञ्चालन गर्न/गराउन सूचित गरिएको जनाएको हो।
वायुसेवा सञ्चालक संघले मंगलबार पत्रकार सम्मेलन गर्दै बुधबारबाट लागू हुने गरी आन्तरिक हवाई सेवा बन्द गर्ने चेतावनी दिएको थियो।
उक्त चेतावनीपछि प्राधिकरणले हवाई सेवामा अवरोध नगर्न र निर्वाध सञ्चालन गर्न निर्देशन दिएको हो।
