काठमाडौं । वायु सेवा सञ्चालक संघ नेपालले भोलि (बुधबार) देखि देशभरि हवाई सेवा बन्द गर्ने घोषणा गरेको छ। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले आफ्ना जहाज र हेलिकप्टर नचलाउने निर्णय गरेको हो।
संघले ५ बुँदे माग पत्र सार्वजनिक गरेको छ । आफूहरुको उक्त माग यथाशीघ्र सम्बोधन नभए आगामी असार ८ गते (भोलि)देखि सम्पूर्ण हवाई सेवा बन्द गरी आन्तरिक उडान अवरुद्ध गर्ने चेतावनी दिएका छन्।
यस्तो अवरोध संघमा आवद्ध सम्पूर्ण हेलिकप्टर तथा हवाईसेवा कम्पनीहरुले प्रदान गर्दै आएको आपतकालिन उद्धार सेवा समेत बन्द गर्ने चेतावनी संघले दिएको छ।

