काठमाडौँ । काठमाडौं महानगरपालिकाले मातहतका सबै विभाग र वडा कार्यालयमा सीसीटीभी जडान गर्ने भएको छ ।
महानगरपालिकाको नगरसभाको ११ औँ अधिवेशनको पहिलो बैठकमा महानगरका मेयर बालेन्द्र साहले महानगरको सेवा सुविधालाई भरपर्दा बनाउन सीसीटीभी जडान गर्ने नीति ल्याइएको बताए ।