काठमाडौं। जग्गाधनीको नक्कली मृत्युदर्ता बनाएर जग्गा बिक्री गरेको आरोपमा ५ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा महावीर चन्द, गणेशबहादुर खनाल, बाबुराम कार्की, प्रेमप्रसाद खनाल र ममता श्रेष्ठ रहेका छन्।
उनीहरुले नक्कली मृत्युदर्ता बनाएर जापानमा २०५५ सालदेखि जापानमा बस्दै आएकी शान्तिदेवी लोहनीको कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरको ११ आना जग्गा बिक्रि गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो।
लोहनी नेपाल आएर जेठ ५ गते मालपोत कार्यालयमा वायोमेट्रिक गर्न जाँदा घटनाको रहस्य खुलेको सीआईबीका प्रवक्ता एसपी श्यामकुमार महतोले जानकारी दिए।